Skip to content
Prabhu

कैची हराउँदा जापानमा छ वटा हवाई उडान रद्द, २१० डिले

बीबीसी । जापानको होकाइदो विमानस्थलको बोर्डिङ गेटमा एक जाडी कैची हराएपछि जापानमा छ वटा हवाई उडान रद्द गरिएको छ भने २०१ वटा उडान डिले गरिएको छ ।

होकाइदोको नयाँ चितोसे विमानस्थलको आन्तरिक उडानतर्फको टर्र्मिनलबाट दुई घण्टाका लागि सबै सेवा अवरुद्ध गरिएको थियो । जसले गर्दा सयौको संख्यामा यात्रुहरुले सास्ती भोग्नु परेको जनाइएको छ ।

सुरक्षा अधिकारीहरुले यात्रुहरुको पुनः सुरक्षा गरेपछि उडान पुनः सञ्चालन गरिएको थियो ।

यो घटना गत शनिबारको हो । हराएका भनिएका कैची अर्को दिन सोही स्टोरमा भेटिएको समाचार बीबीसी वर्ल्डमा प्रकाशित छ । यद्यपि शनिबार राखिएका ठाउँभन्दा फरक ठाउँमा भेटिएको थियो ।

हवाई उडान रद्द र डिले हुँदा कैयौँ यात्रुले दुःख पाएको र बिदा मनाउन हिँडेका यात्रुहरु निराश भएको जनाइएको छ । एक यात्रुले बीबीसीसँग कुरा गर्दै आफूसँग यसको कुनै विकल्प नभएको उल्लेख गर्दै आगामी दिनमा यसप्रकारको समस्या नदोहोरियोस् भन्ने कामना गरे ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal