Skip to content
Prabhu

के नेपालको सेयर बजारको कुल बजार पुँजीकरण गणना बास्तविक छ ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा गत साउन ३१ गते बिहीबारको कारोबारअनुसार कुल हिमालयन रि इन्स्योरेन्सको कुल बजार पुँजीकरण १ खर्ब २ अर्ब ४४ करोड रुपैयाँ देखिन्छ ।

बिहीबार नेप्सेमा यो कम्पनीको ९ लाख १३ हजार ९ सय १६ कित्ता मात्रै सेयर खरिद बिक्री भएको छ । कुल पुँजी करण भनेको कारोबार बन्द हुँदाको अन्तिम मूल्य र बिक्री भएको सेयर संख्यालाई गुणन गर्दा आउने मूल्य हो । तर, बजार पुँजीकरण निकाल्दा बिक्री नभएका र प्रमोटर सेयरलाई पनि हिसाब गरेर निकालेको देखिन्छ । जबकी प्रमोटर सेयर दैनिक रूपमा खरिद बिक्री हुँदैन ।

त्यस्तै, अर्को कम्पनीको नेपाल दूरसञ्चार प्राधिकरणको कुरा गरौं । यो कम्पनीको ९२ प्रतिशत सेयर सरकारसँग छ र त्यो दैनिक रूपमा कारोबार पनि हुँदैन । तर, ९२ प्रतिशत कारोबार नै नहुने सेयरलाई पनि हिसाब गरेर बजार पुँजीकरणमा देखाउने गरिएको छ

। जुन गलत व्ययको लगानीकर्ताहरूको भनाइ छ । बिहीबारको कारोबार अन्तिम कारोबार समयको हिसाब गर्दा यो कम्पनीको सेयर मूल्य १ हजार ११३ रुपैयाँ ९० पैसा रहेको छ । यो कम्पनीको जम्मा सेयर संख्या १८ करोड हो ।

त्यसमध्ये दैनिक रूपमा कारोबार हुने वा आमसर्वसाधारणसँग भएको सेयर संख्या १ करोड ४४ लाख मात्रै हो । तर, कुल पुँजीकरणमा भने सबै १८ करोड कित्ता सेयरलाई अन्तिम कारोबार मूल्यले गुणन गरेर हिसाब गर्दा कम्पनीको कुल बजार पुँजीकरण २ खर्ब ५० करोड २० लाख रुपैयाँ देखिन्छ । तर यो कम्पनीको दैनिक रुपमा कारोबार हुने सेयर संख्याको मात्रै हिसाब गर्ने हो भने यसको पुँजीकरण १६ अर्ब ४ करोड १६ रुपैयाँ हुन आउँछ । (साउन ३१ गते बिहीबारको बजार बन्द हुँदाको समयको हिसाबले ) खास पुँजीकरणको हिसाब निकाल्दा प्रमोटर सेयरलाई नजोडेर दैनिक रूपमा खरिद बिक्री हुने सेयर संख्यालाई मात्रै हिसाब गरेर कुल बजार पुँजीकरण निकालियो भने त्यो वास्तविका हुने सेयर बजारका जानकार तथा अधिवक्ता ज्योति दाहालको भनाइ छ ।

‘दैनिक रूपमा खरिद बिक्री नै नहुने सेयरलाई पनि अन्तिम कारोबार रकमले गुणन गरेर हिसाब निकालिएको छ । जसले गर्दा हाम्रो सेयर बजारको पुँजीकरण जीडीपीको हाराहारीमा पुगेको देखिन्छ । तर, त्यो वास्तविक होइन,’ उनले भने, ‘मेरो कुरा गर्नु हुन्छ भने त सेयर बजामार बिक्रीका लागि उपलब्ध सबै सेयरहरू एकै दिनमा खरिद बिक्री नहुने भएकाले दैनिक रूपमा जतिको कारोबार भएको हो त्यो नै कुल बजार पुँजीकरण हो ।’

दाहालको भनाइलाई मान्ने हो भने नेपालको कुल बजार पुँजीकरण जीडीपीको करिब २६ प्रतिशतको हाराहारीमा रहेको देखिन्छ । दाहालका अनुसार मार्केकट फ्लोटलाई मानेर कुला पुँजीकरण निकाल्दा बास्तविक बजार पुँजीकरणको हिसाव निस्कन्छ । यसरी हेर्दा बिहीबारसम्मको नेपालको सेयर बजारको कुल बजार पुँजीकरण १६ खर्ब ८० अर्ब हो । यो भनेको जम्मा जीडीपीको २६ प्रतिशतको हाराहारीमा हो ।

दाहालको अर्कोतर्फ छ बजारमा खरिद भएको सेयरको संख्यालाई अन्तिम कारोबर रकमले हिसाव गरेर निष्कने योगफल नै बजार पुँजीकरण हो । यसरी हेर्दा नेपाल दूरसञ्चार प्राधिकरणको बिहीबार २ लाख २० हजार ८ सय ७५ कित्ता मात्रै सेयर खरिद बिक्री भएको छ । यो कम्पनीको बिहीबारको अन्तिम कारोबार बन्द हुँदा प्रतिकित्ता १ हजार १ सय १३ रुपैयाँ ९० पैसा सेयर मूल्य छ । बिक्री भएको सेयरको मात्रै हिसाव गर्दा यसको बजार पुँजीकरण २ अर्ब ४० करोड ६ लाख ३२ हजार ६ सय ६२ रुपैयाँ ५ पैसा हुन्छ ।

प्रमोटर सेयर संख्यालाई छुट्याएर हिसाब गर्दा आउने पुँजीकरणलाई वास्तविक पुँजीकरण मान्नुपर्ने दाहालको भनाइ छ । ‘नेप्सेले किन पुँजीकरण गर्दा सबै सेयरलाई समावेश गर्छ त्यो थाहा भएन । तर, प्रमोटर सेयरको मूल्य पनि त्यही हुन्छ भन्न सकिँदैन,’ उनले भने ।

सेयर बजारमा कारोबार हुने धेरै जसो कम्पनीका ५० प्रतिशत सेयर प्रमोटर छन् । पब्लिक सेयरलाई मात्रै गणना गर्दा कुल पुँजीकरण आउने उनको तर्क छ ।
नेप्सेको तथ्यांकअनुसार भने नेपालको कुल बजार पुँजीकरण ४७ अर्ब ६५ अर्ब माथि पुगेको छ ।

यो बजार पुँजीकरणलाई नै वास्तविक मान्नेहो भने नेपालको जीडीपीको हाराहरी हुन आउँछ । अहिले नेपालको कुल गर्हास्थ्य उत्पादन (जीडीपी) ५७ खर्ब ४ अर्ब रहेको छ । यसरी हेर्दा नेपालको पुँजी बजार जीडीपीको ८१ प्रतिशत हुन आउँछ ।

तर, लगानीकर्ताहरूले अहिले नेप्सेले देखाएको कुल बजार पुँजीकरण वास्तविक नभएको बताइरहेका छन् । नेप्सेले पछिल्लो समय बिक्रीसमेत नहुने सेयरको मूल्य पनि जोडेर बजार पुँजीकरण सार्वजनिक गर्दा जीडीपीको आधारमा बजार पुँजीकरण पुगेको देखिए पनि बास्तविमा भने नभएको ज्योति दाहालले लगानी न्युजलाई बताए ।

फ्लोड मार्केट बास्तविका भएकाले अहिलेको बजार पुँजीकरणलाई जीडीपीसँग जोड्न आवश्यक नै नभएको उनको भनाइ । आम लगानीकर्ताले कुल बजार पुँजीकरणभन्दा पनि आफ्ना कम्पनीको बारेमा बढी चासो राख्नुपर्ने उनले बताए ।

सरकारको र संस्थापकको सेयरलाई पनि जोडेर बजार पुँजीकरणमा दखाइएको र जीडीपीको आराहारीमा पुग्यो भनेर अनावश्यक हल्ला फिजाइएको उनको भनाइ । ‘अहिले जुन हल्ला गरिएको छ त्यो बजारमा खेल्नेहरूका लागि फन्डा मात्रै हो । सेयर बजारका लगानीकर्ताले यसको पछि लाग्न जरुरी छैन,’ उनले भने ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal