Skip to content
Prabhu

प्रिओपन सेसनमा साढे १४ अंक बढ्यो नेप्से

काठमाडौं । साताको दोस्रो कारोबार दिन प्रिओपन सेसनमा नेप्से परिसूचक साढे १४ अंक बढेको छ । आजको प्रिओपन सेसनमा नेप्से १४ दशमलव ६९ अंकले बढेको हो ।

आजको प्रिओपन सेसन पछि नेप्से २९८१ दशमलव ०३ विन्दुमा पुगेको छ । त्यस्तै, प्रिओपन सेसनमा सेन्सेटिभ इण्डेक्स २ दशमलव ८२ अंक बढेको छ ।

बुधबार प्रिओपन सेसनमा १०२ स्टकको ३५१ पटकको कारोबारमा २ करोड २६ लाख ११ हजार ४२७ रुपैयाँ २० पैसा बराबरको ५० हजार ८७ कित्ता सेयर खरिदबिक्री भएको छ । जसमध्ये ५३ स्टकको मूल्य बढेको छ भने २० स्टकको मूल्य घटेको छ । बाँकी २९ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal