Skip to content
Prabhu

१ घण्टामा १ करोड बढी कित्ता सेयर किनबेच, ५ अर्ब २६ करोडको कारोबार

काठमाडौं । बुधबारको पहिलो एक घण्टाको अवधिमा सेयर बजारमा १ करोडभन्दा बढी कित्ता सेयर किनबेच भएको छ । सेयर बजारमा पहिलो एक घण्टामा १ करोड १९ लाख ७१ हजार ५४६ कित्ता सेयर खरिद बिक्री भएको हो ।

आजको सुरुको पहिलो एक घण्टामा सेयर बजारमा ५ अर्ब भन्दा बढीको कारोबार भएको छ । १२ बजेसम्मको कारोबार अवधिमा सेयर बजारमा ५ अर्ब २६ करोड ४३ लाख ५८ हजार ८९१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१२ बजेसम्म समग बजार परिसूचक भने सामान्य बढेको छ । यो समाचार तयार पार्दासम्म नेप्से २ दशमलव ८२ अंकले बढेर २९६९ दशमलव १६ विन्दुमा पुगेको छ ।

यो अवधिमा सेयर बजारमा कारोबार भएका ११८ कम्पनीको सेयर मूल्य बढेको छ भने ११३ कम्पनीको सेयर मूल्य घटेको छ । १३ कम्पनीको सेयर मूल्य भने सिथ्र रहेको छ । यो अवस्थामा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आजको कारोबार जारी रहदा रिलायन्स फाइनान्स र मल्टीपर्पस फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal