Skip to content
Prabhu

नेपाल रिबाट बाहिरिँदै विशाल ग्रुप, संस्थापक सेयर लिलामीमा

काठमाडौं । विशाल ग्रुपले नेपाल पुनर्बीमा कम्पनीबाट बाहिरिने भएको छ । ग्रुपले आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको संस्थापक लिलाम बढाबढमा बिक्री गर्न लागेको हो ।

विशाल ग्रुपले पुनर्बीमा कम्पनीमा रहेको ७ लाख कित्ता सेयर मूल्य नै तोकेर लिलामीमा बिक्री गर्न लागेको हो । उक्त सेयरमा न्यूनतम १ लाख कित्ताका लागि आवेदन दिनु पर्ने छ । सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् ।

सेयरमा आज (भदौ ५ गते) देखि असोज ८ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिने छ । यसको न्यूनतम मूल्य प्रतिकित्ता ४५० रुपैयाँ तोकिएको छ ।

यसको बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल लिमिटेड रहेको छ । बिक्री प्रबन्धकको कार्यालय, ट्रेड टावर, थापाथलीमा आवेदन दिन चाहनेले बोलपत्र आवेदन पेस गर्न सक्ने छन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal