Skip to content
Prabhu

रिलायन्स र मल्टीपर्पस फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । रिलायन्स फाइनान्स र मल्टीपर्पस फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । आजको कारोबार जारी रहँदा यी दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

बुधबारको कारोबार जारी हरँदा रिलायन्सको सेयर मूल्यमा १० प्रतिशत र मल्टीपर्पसको सेयर मूल्यमा ९.९९ प्रतिशतको वृद्धि भएको छ । यो समाचार तयार पार्दासम्म रिलायन्सको सेयर मूल्य ७० रुपैयाँ ४० पैसाले बढेर ७७४ रुपैयाँ ४० पैसा पुगेको छ भने मल्टीपर्पसको सेयर मूल्य ७७ रुपैयाँ ४० पैसाले बढेर ८५१ रुपैयाँ ८० पैसा पुगेको छ ।

यो समाचार तयार पार्दासम्म १२ बजेर ५३ मिनेटमा समग्र परिसूचक भने २१ दशमलव २५ अंकले घटेको छ । यो अवस्थामा नेप्से परिसूचक २९४५ दशमलव ०७ विन्दुमा पुगेको छ । कारोबार रक मभने यो अवधिमा ८ अर्ब ५० करो भन्दा बढी पुगेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal