Skip to content
Prabhu

मध्याह्नसम्म नागबेली चालमा सेयर बजार

काठमाडौं । दुई दिनको बिदापछि आज खुलेको सेयर बजारमा निकै उतारचडाब देखिएको छ । दिउँसो १ बजेसम्मको कारोबार अवधिमा सेयर बजार बढ्ने र घट्ने क्रममा तीव्र रूपमा भइरहेको हो ।

नेप्सेको इन्डेक्स हेर्दा नागबेलिजस्तो अवस्थामा देखिन्छ । कारोबार खुलेको ४ मिनेटको कारोबारमा मात्रै सेयर बजार उच्च अंकले बढेर ३००० विन्दुमा पुगेको थियो । अघिल्लो कारोबार दिन सेयर बजार परिसूचक २९६६ विन्दुमा बन्द भएको थियो । आजको कारोबारको ११ बजेर १३ मिनेटमा फेरि सेयर बजार उच्च अंकले घटेर २९५३ दशमलव ३९ विन्दुमा पुग्यो ।

त्यसपछि फेरि बजार बढेर ११ बजेर २० मिनेटमा २९९५ दशमलव ५५ विन्दुमा पुग्यो । त्यसपछि पनि सेयर बजारको उतारचडाब रोकिएन । ११ बजेर ३० मिनेटमा फेरि २९६८ विन्दुमा पुग्यो । त्यसपछि बजार फेरि बढ्यो ११ बजेर ४५ मिनेटमा २९९१ विन्दुमा पुग्यो । त्यसपछि फेरि आरोलो लागेको बजार १२ बजेर १५ मिनेटमा २९४७ विन्दुमा पुग्यो ।

त्यसपछिको कारोबारमा पनि सेयर बजारको नागबेली चाल जारी रहेको छ । साढे १२ बजेको अवस्थामा फेरि बजार २०६८ विन्दुमा पुग्यो । १२ बजेर ४५ मिनेटमा फेरि बजार २९४४ विन्दुमा झ¥यो। दिउँसो १ बजेको कारोबार अवधिमा सेयर बजार त्यहँबाट उकालो लागेर २९६४ विन्दुमा पुगेको थियो । १ बजेर १० मिनेटको अवधिमा सेयर बजार २९६३ दशमलव ९१ विन्दुमा पुगेको छ । यो अघिल्ला कारोबारभन्दा २ दशमलव ४२ अंकले कम हो ।

यो अवधिमा सेयर बजारमा १०३ कम्पनीको सेयर मूल्य बढेको छ भने १३५ कम्पनीको घटेको छ । ६ कम्पनीको मुलय भने स्थिर रहेको छ । यो अवधिसम्म सेयर बजारमा २ करोड २२ लाख ६ हजार ४०७ कित्ता सेयर खरिद बिक्री हुँदा ९ अर्ब ९६ करोड ३१ लाख १ हजार ४२३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal