Skip to content
Prabhu

दिनभरीको उतारचढाबबीच सामान्य बढ्यो नेप्से, कारोबार रकम पनि १९ अर्ब ९० करोड मात्रै

काठमाडौं । सेयर बजारमा दिनभरको उतारचडाबका बीच नेप्से परिसूचक सामान्य बढेको छ । अघिल्लो कारोबारभन्दा आज २ दशमलव ११ अंकले नेप्से बढेको हो ।

आजको कारोबार बन्द हुँदा परिसूचक २९६८ दशमलव ४४ विन्दुमा पुगेको छ । दिनभरको कारोबारमा घट्बढ हुने क्रम निरन्तर भएको बजारमा अन्तिम समयमा सुधार देखिएको हो । कारोबार खुल्नेबित्तिकै सेयर बजार ३००० विन्दु माथि पुगेको थियो । त्यसपछि फेरि २९५३ विन्दुसम्म झरेको बजार अन्तिममा २९६८ विन्दुमा बन्द भएको हो ।

बुधबार सेयर बजारमा १०० कम्पनीको सेयर मूल्य बढ्यो भने १४० कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

बुधबार कारोबार रकममा भने उच्च गिरवाट आएको छ । अघिल्लो कारोबारमा २८ अर्बभन्दा माथिको कारोबार भएको बजारमा आज १८ अर्बभन्दा बढीको मात्रै कारोबार भएको छ । आज अघिल्लो कारोबार भन्दा १० अर्ब कमको कारोबार भएको छ ।

आज सेयर बजारमा ३३७ कम्पनीका ४ करोड १४ लाख ५४ हजार ६११ कित्ता सेयर २ लाख १४ हजार ३१९ पटक खरिद बिक्री हुँदा १८ अर्ब ९० करोढ ६३ लाख ७३ हजार ७९२ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा पाँच कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एक कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव २५ अंकले बढेर ५३० दशमलव ११ विन्दुमा पुगेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal