Skip to content
Prabhu

कारोबार रकममा उच्च गिरावट भएको दिन ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । बुधबार सेयर बजारमा सामान्य सुधार देखियो । अघिल्लो कारोबारभन्दा २ दशमलव ११ अंकले बढेको हो । आज सेयर बजारमा कारोबार रकममा भने उच्च गिरवाट आयो ।

आज सेयर बजारमा ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबार बन्द हुँदा कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, रिलायन्स फाइनान्स, दोल्ती पावर कम्पनी र मल्टीपर्पस फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

आजको कारोबार बन्द हुँदा कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यो कम्पनीको सेयर मूल्य ६८ रुपैयाँ ३० पैसाले बढेर ७५१ रुपैयाँ ३० पैसामा कारोबार बन्द भएको छ ।

त्यस्तै सिन्धु विकास बैंकको सेयर मूल्य ५४ रुपैयाँले बढेर ५९४ रुपैयाँमा कारोबार बन्द भएको छ । रिलायन्स फाइनान्सको सेयर मूल्य पनि ७० रुपैयाँ ४० पैसाले बढेर ७७४ रुपैयाँ ४० पैसामा कारोबार बन्द भएको छ ।

त्यस्तै दोल्ती पावर कम्पनीको सेयर मूल्य पनि ६० रुपैयाँले बढेर ६६० रुपैयाँ १० पैसामा कारोबार बन्द भएको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले बढी हो । त्यस्तै आज मल्टीपर्पस फाइनान्सको सेयर मूल्य ७७ रुपैयाँ ४० पैसाले बढेर ८५१ रुपैयाँ ८० पैसा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ९.९९ प्रतिशतले बढी हो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal