Skip to content
Prabhu

कर्णाली डेभलपमेन्ट बैंकको सयेर मूल्यमा नकारात्मक सर्किट, दुई लघुवित्त, एक/एक हाइड्रो र होटलको मूल्यमा पनि उच्च गिरावट

काठमाडौं । बुधबार सेयर बजारमा सामान्य सुधार भएको दिन १४० कम्पनीको सेयर मूल्य घट्यो । १ दशमलव ११ अंकले बजार बढेको दिन कारोबार रकममा पनि उच्च गिरावट देखिएको हो ।

आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये एक कम्पनीको सेयर मूल्यमा त नकारान्तम सर्किट नै लागेको छ । आजको कारोबार बन्द हुँदा कर्णाली डेभलपमेन्ट बैंकको सेयर मूल्यमा नकारात्मक सर्किट लागेर बन्द भएको हो । आज यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८० रुपैयाँले घटेर ७२० रुपैयाँमा कारोबार बन्द भएको छ । यो अघिल्लो कारोबारभन्दा १० प्रतिशतले कम हो ।

त्यस्तै आज धेरै मूल्य घट्ने कम्पनीमा मातृभूमि लघुवित्त वित्तीय संस्था, सम्पदा लघुवित्त, सिटी होटल र बलेफि हाइड्रोपावर लिमिटेड रहेका छन् । आजको कारोबार बन्द हुँदा मातृभूमि लघुवित्तको सेयर मूल्य ९३ रुपैयाँले घटेर १ हजार ४६२ रुपैयाँमा कारोबार बन्द भएको छ ।

यो अघिल्लो कारोबार भन्दा ५.९८ प्रतिशत हो । त्यस्तै सम्पदा लघुवित्तको सेयर मूल्य पनि आज ५.४८ प्रतिशत अर्थात् ६३ रुपैयाँ ७० पैसाले घटेर १ हजार ९९ रुपैयाँमा कारोबार बन्द भएको छ ।

त्यस्तै सिटी होटलको सेयर मूल्य पनि प्रतिकित्ता ४१ रुपैयाँले घटेर ९४८ रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ४.१५ प्रतिशतले कम हो । बलेफी हाइड्रोपावर लिमिटेडको सेयर मूल्य पनि ४.०५ प्रतिशतले घटेको छ । आजको कारोबार बन्द हुँदा १८ रुपैयाँ १० पैसाले घटेर ४२८ रुपैयाँ ९० पैसा पुगेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal