Skip to content
Prabhu

धितोपत्र बोर्ड अब लामो समय नेतृत्वविहीन रहँदैनः अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धितोपत्र बोर्ड अब लामो समय नेतृत्वविहीनको अवस्थामा नरहने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

बोर्डमा लामो समयदेखि अध्यक्ष नहुँदा धेरै काम रोकिएको भन्दै अब यस्तो नहुने उनको भनाइ छ । यो समस्या चाँडै समाधान हुने उनले बताए । ‘धितोपत्र बोर्ड लामो समयदेखि नेतृत्वविहीन अवस्थामा छ । यो नेतृत्वविहीन अवस्था लामो समयसम्म रहिरहन हुँदैन’ उनले भने ‘यसले अनेक प्रकारका समस्या थपिएका छन् । फाइलहरु रोकिएको छ । यो समस्याको समधान विधिसम्बत समाधान गर्ने पक्षमा सरकार छ ।’

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal