Skip to content
Prabhu

विश्वप्रसिद्ध चेन पसल सेभेन इलेभनलाई खरिद प्रस्ताव, सेयर २० प्रतिशतभन्दा बढीले उकालो लाग्यो

एजेन्सी । जापानको ठूलो कम्पनीमध्येको एक सेभेन एलेभनलाई गत साता क्यानेडिनका प्र्रतिस्पर्धी कम्पनीले खरिद गर्ने प्रस्ताव राखेपछि जापानमा यसलाई अनौठो मानिएको छ । जापानको यति ठूलो कम्पनीलाई विदेशी कम्पनीले यसअघि कहिल्यै किन्न खोजेका थिएनन् । ऐतिहासिक रूपमा हेर्दा जापानी कम्पनीहरूले बढी मात्रामा विदेशी कम्पनी तथा व्यवसायमा लगानी गरेको देखिन्छ ।

सेभेन इलेभन विश्वको सबैभन्दा ठूलो चेन पसलमध्येमा पर्छ । कम्पनीका २० देशमा ८५ हजार शाखा छन् । यो पसल छिटो, सस्तो र स्वादिष्ट खानाका लागि परिचित छ । विशेष गरी जापान र थाइल्यान्डमा यसको लोकप्रियता निकै ठूलो छ । जापानमा मात्रै ८५ हजार शाखामध्ये एक चौथाइ छन् भने अमेरिकामा १० हजारको आसपासमा शाखा सञ्चालनमा छन् ।

तुलनात्मक रुपमा हेर्दा क्युबेकमा आधारित अलिमेन्टेसन काउसन टार्डले विश्वका ३१ देशमा १७ हजार शाखा रहेको सर्कल के चेन सञ्चालन गरिरहेको छ । जसको आधारभन्दा बढी शाखा उत्तर अमेरिकामा रहेको पाइन्छ । सेभेन एण्ड आईको मूल्यांकन हाल ३० बिलियन डलर अनुमान हुने गरिएको छ । उक्त समाचारले सेभेन एलेभनको शेयर सोमबार २० प्रतिशतले बढेको थियो । विश्लेषकहरुले जापानी येनको अमबूल्यन हुँदा खरिद गर्न सहज हुने अनुमान गरेका छन् । यद्यपि यो अझै प्रारम्भिक चरणमै छ । र, यसको मूल्यांकन फरक पनि हुनसक्ने जनाइएको छ ।

सेभेन इलेभन आफूले बिक्री गर्ने खानाका लागि लोकप्रिय छ र उ यसैको फाइदाा उठाउन चाहेको देखिन्छ । यसले राइस बल, स्यान्डविच, तयारी पास्ता, फ्राइ गरिएको चिकनललगायतका विभिन्न परिकार उपलब्ध गराउँछ । यो संसारका धेरै ठाउँमा आपतकालीन अवस्थामा चकलेट बार वा चिप्सको झोला किन्न जाने ठाउँका रुपमा पनि परिचित छ । जापानमा यो स्वादिष्ट खानाको खोजी गर्नेहरुबीच लोकप्रिय छ । थाइल्याण्डमा पनि यसलाई पर्यटकका लागि गर्नै पर्ने सूचीमा समावेश गरिएको छ । यसका परिकार टिकटमा पनि उत्तिकै भाइरल छन् ।

बेलायती गायक एड शिरान पनि सेभेन इलेभनको लोकप्रियता बढाउन सहयोग गर्ने सेलिब्रेटीममा पर्छन् । थाइल्याण्डको सेभेन इलेभन पसलबाट स्न्याक्सहरु चाख्दै गरेको उनको भिडियो भाइरल भएको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal