Skip to content
Prabhu

आरम्भ चौतारी लघुवित्तको सञ्चालकमा पुष्पराज ढकाल नियुक्त

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा पुष्पराज ढकाल नियुक्त भएका छन् । कम्पनीको भदौ ५ गते बसेको सञ्चालक समितिले रिक्त रहेको सदस्यमा ढकाललाई नियुक्त गरेको हो ।

लघुवित्तले संस्थापक सेयरधनी समूहका सदस्य दिपक तिवारीले राजीनामा दिएको र उक्त राजीनामा स्वीकृत गर्दै उनको स्थानमा नयाँ सदस्यलाई नियुक्त गरेको जनाएको छ । भदौ ६ गतेदेखि लागू हुने गरी ढकाललाई सदस्यमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal