Skip to content
Prabhu

प्रिओपन सेसनमा करिब साढे ६ अंक बढ्यो नेप्से

काठमाडौं । साताको अन्तिम कारोबार दिन प्रिओपन सेसनमा नेप्से परिसूचक करिब साढे ६ अंक बढेको छ । आजको प्रिओपन सेसन बन्द हुँदा नेप्से परिसूचक ६ दशमलव ३३ अंकले बढेको हो ।

आजको प्रिओपन सेसनपछि नेप्से २९७४ दशमलव ७८ विन्दुमा पुगेको छ । त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.५६ अंक बढेको छ ।

बिहीबार प्रिओपन सेसनमा ७६ स्टकको २४१ पटकको कारोबार हुँदा १ करोड ७४ लाख ८६ हजार ३७६ रुपैयाँ ४५ पैसा बराबरको कारोबार भएको छ । बिहीबारबो प्रिओपन सेसनमा नेप्सेमा ३२ हजार १११ कित्ता सेयर खरिदबिक्री भएको छ ।

जसमध्ये ४१ स्टकको मूल्य बढेको छ भने १९ स्टकको मूल्य घटेको छ । बाँकी १६ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal