Skip to content
Prabhu

समता घरेलु लघुवित्तको २० हजार कित्ता संस्थापक सेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीहरूको नाममा रहेको २० हजार कित्ता सेयर बिक्रीमा राखेको हो ।

संस्थापक सेयरधनीले खरीद नगरेको उक्त सेयर सर्वसाधारणले खरीद गर्न पाउने गरी पुनः बिक्रीमा राखिएको हो ।

सो सेयर खरिद गर्न इच्छुक व्यक्तिले ७ दिनभित्र काभ्रेपलाञ्चोकको बनेपा–७ स्थित कम्पनीको केन्द्रीय कार्यालयमा आफूले खरिद गर्न चाहेको सेयर र मूल्य खुलाई निवेदन दिनुपर्ने छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal