Skip to content
Prabhu

एचआईडीसीएलको प्रतिकित्ता १०० रुपैयाँमै सेयर किन्ने अन्तिम दिन

काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को संस्थापक सेयर किन्ने आज (भदौ ६ गते) अन्तिम दिन रहेको छ । कम्पनीले गत साउन २९ गतेदेखि अवितरित १ करोड ६८ लाख ५९ हजार ५० कित्ता सेयर बिक्री खुला गरेको थियो । जसमा आवदेन दिन आज अन्तिम दिन हो ।

उक्त सेयर जो–कोही व्यक्ति, संघसंस्था, कम्पनीहरूले खरीद गर्न पाउनेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । बोलपत्र पेश गर्दा घटीमा १०० कित्ता र बढीमा सबै कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ ।

सो सेयर खरिद गर्न इच्छुकले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका साथै ग्लोबल आइएमई बैंकको शंखमुल–नयाँबानेश्वर, विर्तामोड, हनुमानदास रोड, जनकपुरधाम, आदर्शनगर, हेटौंडा, नारायणगढ, न्यूरोड–पोखरा, मिलनचोक, बाग्लुङ्ग बजार, त्रिभुवन चोक, विरेन्द्रनगर, घोराही, धनगढी र महेन्द्रनगर शाखा कार्यालयमा गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्ने छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal