Skip to content
Prabhu

स्वाभिमान लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । बिहीबार सेयर बजार खुल्नेबित्तिकै स्वाभिमान लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार खुलेको पहिलो १० मिनेटमा नै यो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

११ बजेर १० मिनेटको अवधिमा यो कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । कुनै पनि कम्पनीको सेयर मूल्य १० प्रतिशले बढेमा वा घटेमा सर्किट लागेर कारोबार बन्द हुन्छ । १० मिनेटको अवधिमा यो कम्पनीको सेयर मूल्य १४० रुपैयाँ ९० पैसाले बढेर १ हजार ५ सय ५१ रुपैयाँ पुगेको छ।

यो समाचार तयार पार्दासम्म समग्र बजार परिसूचक नेप्से भने १४ दशमलव ५१ अंकले बढेको छ । यो अवधिमा सेयर बजारमा ७७ करोड ९९ लाख ५५ हजार बढीको कारोबार भएको छ । यो अवस्थामा १४९ कम्पनीको सेयर मूल्य बढेको छ भने ४९ कम्पनीको घटेको छ । त्यस्तै १४ कम्पनीको मूल्य स्थिर रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal