Skip to content
Prabhu

बैंक तथा वित्तीय संस्थामा रहेको १४ खर्ब बढी निक्षेपको बीमा

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले आफना निक्षेपकर्ताहरुको १४ खर्ब बढी रकम निक्षेपको बीमा गराएका छन् । निक्षेप तथा कर्जा सुरक्षण कोषले निक्षेप सुरक्षणवापत सर्वसाधारणको बैंक खातामा रहेको १४ खर्ब ३० अर्ब रुपैयाँभन्दा बढी निक्षेपको बीमा गरिएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्ममा ५६ वटा बैंक तथा वित्तीय संस्थामा रहेको बचत, चल्ती, कुल तथा मुद्दती निक्षेप रकम १४ खर्ब ३० अर्ब ४६ करोड रुपैयाँ निक्षेप सुरक्षण गरेका हुन् । कोषमा कुल ४ करोड ५७ लाख ९५ हजार खातामा प्राकृतिक व्यक्तिका नाममा रहेको बैंक बचत खाताको निक्षेपको सुरक्षण गरेको हो ।

राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्ष २०७९/८० मसान्तसम्ममा कोषले कुल १२ खर्ब ३२ अर्ब रुपैयाँ निक्षेप सुरक्षणको प्रत्याभूति गरेको थियो । कोषमा त्यति बेला ४ करोड १३ लाख ८१ हजार खातामा प्राकृतिक व्यक्तिका नाममा रहेको खाताको बचत सुरक्षण गरिएको थियो ।

कोषले प्राकृतिक व्यक्तिको हकमा प्रतिव्यक्ति अधिकत्तम ५ लाख रुपैयाँसम्मको निक्षेपको प्रत्याभूति दिँदै आएको छ । अर्थात् कुनै एउटा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स वा लघुवित्त वित्तीय संस्थामा कुनै व्यक्तिको नाममा रहेको निक्षेप रकमको अधिकत्तम ५ लाख रुपैयाँसम्मको निक्षेप फिर्ता पाउने गरी प्रत्याभूति गरिएको छ ।

राष्ट्र बैंकका अनुसार कोषले गत आवको अन्त्यसम्ममा बैंक तथा वित्तीय संस्थाको २ खर्ब ९६ अर्ब ४५ करोड रुपैयाँ बराबरको लघु तथा विपन्न वर्ग कर्जा, साना तथा मझौला उद्योग कर्जा र कृषि कर्जा (सरकारको ब्याज अनुदानमा प्रवाह भएको सहुलियतपूर्ण कर्जासमेत)को समेत सुरक्षण गरेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal