Skip to content
Prabhu

हुन्डाईको ‘फेष्टिभ डिलाइट’ योजना २०८१ सार्वजनिक, गाडी खरिदमा १० लाखसम्म नगद छुट

काठमाडौं । हुन्डाई गाडीका लागि नेपालका आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैँ–तिहारलक्षित फेष्टिभ डिलाईट २०८१ योजना सार्वजनिक गरेको छ । आफ्ना ग्राहकहरूको दशैँ–तिहार विशेष र हर्षोल्लासपूर्ण बनाउन हुन्डाईले यो योजना ल्याएको हो । कम्पनीले विगतका वर्षहरूमा गाडीका साथै अन्य आकर्षक उपहारहरू दिँदै आएको छ ।

यस वर्ष पनि सोही परम्परा कायम राखी १ जना भाग्यमानीले हुन्डाई मेड इन नेपाल हुन्डाई भेन्यु ‘लक्की ड्र’ मार्फत प्राप्त गर्न सक्नेछन् । हुन्डाईको चाड पर्व लक्षित योजना नेपाली अटोमोवाइल बजारमा सबैभन्दा बहुप्रतिक्षित योजना मानिँदै आएको छ ।

हुन्डार्ड फेष्टिभ डिलाइट २०८१ अन्तर्गत कुनै पनि हुन्डाई गाडीको खरीदमा १० लाख रुपैयाँसम्मको आकर्षक नगद छुट, स्क्राच कार्ड मार्फत थप १ लाख रुपैयाँसम्मको नगद छुटका साथै १ वर्षको लागि निःशुल्क सवारी बिमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्नेछन् । आफ्ना ग्राहकहरूको सन्तुष्टिको निमित्त हुन्डाईले सदैव समय सापेक्षिक ग्राहक लक्षित योजनाहरू सार्वजनिक गर्दै आइरहेको छ ।

आउँदै गरेको ११ गते सुरु हुने नाडा अटो शो २०२४ मा बुकिङ गर्ने ग्राहकहरूले पनि यस योजनाबाट लाभान्वित हुन सक्नेछन्। नाडा अटोशो २०२४ मा हुन्डाईको स्टल भ्रमण गरेर सम्पूर्ण अवलोकनकर्ताहरूले हुन्डाईका विभिन्न उत्पादनहरूको अवलोकन गरी आफ्ना जिज्ञासाहरू पनि मेट्न सक्नेछन् ।

सबै हुन्डाईका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्रि सर्भिसिङ्ग उपलब्ध छ । यो योजना कात्तिक २२ (छठ पर्व) सम्म लागू हुने छ । यसै अवसरमा हालै चलिरहेको ‘Hyundai Test Drive and Win’  क्याम्पेनअन्तर्गत ग्राहकहरूले हुन्डाईको नेपालभरि रहेका कुनै पनि सोरुममा गई हुन्डाई गाडीको लाइनअपहरू मध्यबाट भर्खरै लन्च गरिएको नयाँ हुन्डाई क्रेटा र मेड इन नेपाल हुन्डाई भेन्यु टेस्ट ड्राइभ गरी आकर्षक उपहारहरू हात खाली नहुने गरी प्राप्त गर्न सक्नु हुनेछ ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा।लि।ले नेपाल भरी १६ शोरूम, १९ सर्भिस सेन्टरहरू तथा ४३+ चारजिङ पोइन्टमार्फत ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ । हुण्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमावाइल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरूले विश्वभरि करोडौं ग्राहकको मन तथा विश्वास जित्न सफल भएको कम्पनीको दाबी छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal