Skip to content
Prabhu

बिहीबार नेप्से ६.०१ अंकले बढ्यो, कारोबार रकम १९ अर्ब १६ करोड

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.०१ अंकले बढेर २९७४.४६ को बिन्दुमा पुगेर बजार बन्द भएको छ । त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ३.७५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.८४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६१ अंक बढेको छ।

आज ३३३ कम्पनीको कारोबार हुँदा ४ करोड ९ लाख ५१ हजार ७ सय २० कम्पनीको सेयर किनबेच हुँदा १९ अर्ब १६ करोड ६ लाख ५२ हजार ८५ रुपैयाँ संकलन भएको छ ।

आज साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको १ अर्ब ३ करोड ९३ लाख ४१ हजार ५ सय ४३ रुपैयाँको कारोबार भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५ सय ९० रुपैयाँमा पुगेको छ ।

बिहीबार १३२ कम्पनीको सेयर मूल्य बढ्दा १०९ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । साथै, आज ७ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ भने एसबिआई डिभेञ्चरको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal