Skip to content
Prabhu

देशको आवश्यकताका आधारमा संविधान संशोधन हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार प्रतिनिधिसभा बैठकमा देशको आवश्यकताका आधारमा संविधान संशोधन गरिने बताएका छन् ।

आज प्रतिनिधिसभा बैठकमा नेकपा (माओवादी केन्द्र)की सांसद नारायणी शर्माले संविधान संशोधन गर्दा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक संसद्को व्यवस्था गर्ने आँट गठबन्धन सरकारको छ ? भन्दै सोधेकी थिइन् । जवाफमा प्रधानमन्त्रीले देश, जनता र सुशासनका विषय अघि बढाउन आवश्यक पर्ने पाटोमा संशोधन गरिने बताए ।

संविधान संशोधन गर्ने विषयमा आँट देखाएर उल्किन जरुरी नभएको उनले बताए । ‘हामी कसैले आँट गर्ने, कसैले आँट गर्छ कि गर्दैन भनेर हेर्न होइन यो । आँट गर्नपरे सबैले गरौँला । नपरे कसैले नगरौँला । यो साझा सवाल हो,’ उनले भने ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal