Skip to content
Prabhu

पञ्चकन्या माई हाइड्रोपावरको अध्यक्षमा ध्रुवकुमार श्रेष्ठ मनोनीत

काठमाडौं । पञ्चकन्या माई हाइड्रोपाव लिमिटेडको सञ्चालक समिति अध्यक्षमा ध्रुवकुमार श्रेष्ठ मनोनीत भएका छन् । कम्पनीको भदौ ५ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई अध्यक्षमा मनोनीत गरेको हो ।

यसअघि कम्पनीको अध्यक्ष रहेका प्रेमबहादुर श्रेष्ठले स्वास्थ्यको कारण राजीनामा दिएपछि रिक्त रहेको अध्यक्षमा ध्रुवकुमार श्रेष्ठलाई मनोनीत गरिएको कम्पनीले जनाएको छ । पूर्वअध्यक्ष प्रेमबहादुर श्रेष्ठले दिएको राजीनामा पनि भदौ ५ गतेको बैठकले स्वीकृत गरेको कम्पनीले जनाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal