Skip to content

पर्यटन व्यवसायी बसन्त मिश्र नेतृत्वमा स्थापना भएको फाउन्डेसनले समाजमा योगदान दिनेलाई पुरस्कृत गर्ने

nabil bank

काठमाडौं । नेपालको पर्यटन क्षेत्रमा चार दशक बढी सक्रिय रहेका पर्यटन व्यवसायी बसन्तराज मिश्रले संचालन गर्नुभएको टेम्पल टाइगर ग्रुप अफ कम्पनीले कर्पोरेट सामाजिक दायित्व अन्तर्गत सामाजिक सेवा गर्दै आएकोमा देश र समाजको विकासमा थप उद्देश्यमूलक हस्तक्षेप गर्ने ठोस अवधारणा सहित ज्यानू–बसन्तराज मिश्र फाउण्डेशन स्थापना भएको छ ।

यस फाउण्डेशनले समाजका विभिन्न क्षेत्रमा सकारात्मक योगदान दिनुहुने व्यक्ति तथा संस्थाहरुलाई प्रत्येक वर्ष तीन क्षेत्रमा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।
फाउण्डेशनले हरेक वर्ष लोकराज मिश्र वातावरण संरक्षण पुरस्कार अन्तर्गत तीन लाख रुपैयाँ, दुर्गादेवी मिश्र शिक्षा पुरस्कार अन्तर्गत तीन लाख रुपैयाँ तथा ज्यानू–बसन्तराज मिश्र पत्रकारिता पुरस्कार अन्तर्गत तीन लाख रुपैयाँ पुरस्कार अर्पण गर्ने निर्णय गरेको छ ।

फाउण्डेशनले यो वर्षको पुरस्कार यही भदौ १३ गते (अगष्ट २९, २०२४) माननीय उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यमा सम्पन्नहुने एक कार्यक्रमबीच प्रदान गर्ने निर्णय गरेको छ ।

ज्यानू–बसन्तराज मिश्र फाउण्डेशन एक गैर–सरकारी, गैर–राजनीतिक र गैर नाफामूलक, सामाजिक संस्था हो । वि.संंं.२०७८ मंसिर २४ गते स्थापना भएको फाउण्डेशनको कार्यालय ललितपुर जिल्लामा रहेको छ । फाउण्डेशनको संस्थापकहरूमा बसन्तराज मिश्र र ज्यानू मिश्र छन् ।

फाउण्डेशनको संस्थापक अध्यक्ष बसन्तराज मिश्र हुन् भने पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ विशेष सल्लाहकार भूमिका छन् ।

संस्थाका ट्रस्टीजमा मनदेवी भण्डारी, क्याप्टेन रामेश्वर थापा, आर्टिटेक्ट अरुण पन्त, पत्रकार प्रतीक प्रधान, डा.मधु आचार्य, पियुष मिश्र, ब्रजेश मिश्र तथा रिता जे. प्रधान रहेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime