Skip to content
Prabhu

सेनामा रोजगारीको अवसर, माग्यो २८० जना अधिकृत क्याडेट (सूचनासहित)

काठमाडौं । नेपाली सेनामा रिक्त अधिकृत पद (सहायक सेनानी र उपसेनानी) मा खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको लागि दरखास्त आव्हान गरिएको छ । रिक्त २८० पदका लागि आवेदन आह्वान गरिएको हो ।

भर्ना छनौट निर्देशनालयले आज एक सूचना जारी गर्दै योग्यता पुगेका नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेबसाईट मार्फत अनलाइन दरखास्त फाराम भर्न सक्ने जनाएको छ ।

फारम भरी सो को प्रिन्ट सहित स्वयम् उपस्थित भई तोकिएको भर्ना केन्द्रमा रू.९ दशको टिकट टाँसी दरखास्त पेस गर्न आव्हान गरिएको छ । आगामी असोज ६ गतेसम्म दरखास्त दिन सकिने र दोब्बर दस्तुर तिरेर थप ७ दिनसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal