Skip to content
Prabhu

१ वर्षमा जीवन बीमा कम्पनीहरूको कुल खर्च २ खर्बमाथि

काठमाडौं । एक वर्षको अवधिमा जीवन बीमा कम्पनीहरुले विभिन्न शीर्षकमा खर्च २ अर्ब भन्दा माथिको खर्च गरेका छन् । जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षमा अभिकर्ता कमिसन, कर्मचारी तलब, व्यवस्थापन, बीमा दावी भुक्तानी, विभिन्न प्रचार–प्रसार तथा कर्मचारी र अभिकर्ताहरुलाई प्रदान गरिने विभिन्न तालिम तथा गोष्ठी लगायतका कार्यमा २ खर्ब ७ अर्ब ५९ करोड ४० लाख रुपैयाँ खर्च गरेका हुन् ।

जीवन बीमा कम्पनीले सार्वजनिक गरेको गत आवको वित्तीय विवरण अनुसार यो अघिल्लो आवको सोही अवधिको तुलनामा १५.२२ प्रतिशतले बढी हो । अघिल्लो आवमा जीवन बीमा कम्पनीहरुको यस्तो खर्च १ अर्ब खर्ब ८० अर्ब १७ करोड ९१ लाख रुपैयाँ भएको थियो । समीक्षा अवधिमा नेपाल लाइफले सबैभन्दा बढी रकम खर्चिएको छ ।

यस अवधिमा कम्पनीले ५५ अर्ब ३५ करोड रुपैयाँ कुल खर्च गरेको छ । यो अघिल्लो आवको सोही अवधिको भन्दा ११.५८ प्रतिशतले धेरै हो । त्यस्तै यो अवधिमा एलआइसी नेपालको कुल खर्च अघिल्लो आवको सोही अवधिको तुलनामा ७.३२ प्रतिशतले बढेर २७ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ ।

विवरणअनुसार गत आवको अन्तिमसम्म नेशनल लाइफको कुल खर्च २४ अर्ब ३४ करोड १३ लाख रुपैयाँ रहेको छ । जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा बढी मुनाफा आर्जन गर्न सफल भएको हिमालयन लाइफको कुल खर्च २२ अर्ब ४ करोड रुपैयाँ रहेको छ ।

यस अवधिमा सरकारी स्वामित्व रहेको राष्ट्रिय जीवन बीमा कम्पनीले १३ अर्ब ७२ करोड रुपैयाँ, सूर्यज्योति लाइफले १२ अर्ब २६ करोड रुपैयाँ, एशियन लाइफको ११ अर्ब २५ करोड रुपैयाँ, मेट लाइफको ७ अर्ब ४२ करोड, सिटिजन लाइफको ७ अर्ब २१ करोड र सानिमा रिलायन्स लाइफको ७ अर्ब १८ करोड रुपैयाँ कुल खर्च भएको छ ।

त्यस्तै यो अवधिमा आइएमई लाइफको कुल खर्च ५ अर्ब ३९ करोड, प्रभु महालक्ष्मी लाइफको ५ अर्ब २१ करोड, रिलायबल नेपाल लाइफको ४ अर्ब ८७ करोड र सन नेपाल लाइफको ३ अर्ब ८७ करोड रुपैयाँ कुल खर्च भएको छ ।

यो अवधिमा वृद्धिदरको आधारमा सबैभन्दा धेरै खर्च प्रभु महालक्ष्मी लाइफको रहेको छ । यो कम्पनीको गत आवमा अघिल्लो आवको भन्दा यस्तो खर्च १२६ प्रतिशतले वृद्धि भएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal