Skip to content
Prabhu

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थागत समूहको १ लाख ५८ हजार ६६० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

बिक्रीमा रहेको सेयरमा हाललाई बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउने छन् । बैंकले आज एक सुचना जारी गर्दै इच्छुक संस्थापक सेयरधनीले सेयर खरिदका लागि ३५ दिन भित्र आबेदन दिन भनेको छ ।

सेयर खरिद गर्न चाहने खरिदकर्ताले आफूले खरिद गर्न चाहेको कित्ता र मूल्य उल्लेख गरी तोकिएको समयमा काठमाडौंको लाजिम्पाटस्थित बैंकको शाखा कार्यालयमा आवेदन दिनुपर्ने छ ।

तोकिएको समयसिमा भित्र सेयरधनीबाट खरिदका लागि आवेदन नआएमा अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal