Skip to content
Prabhu

प्रभु महालक्ष्मी लाइफको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक समूहको १ लाख ९९ हजार ६८० कित्ता सेयर बिक्रीमा राखिएकोे छ । संस्थापक समूहको सेयर यसअघि विद्यमान संस्थापक सेयरधनीहरुलाई ३५ दिनको समय सीमा राखी बिक्री खुला गरिएको थियो ।

तोकिएको समयमा संस्थापक सेयरधनीबाट खरिदका लागि आवेदन नपरेकोले सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।

सेयर खरिद गर्न चाहने इच्छुक सर्वसाधारण ब्यक्ति संघ सस्थाले ७ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा सेयर खरिदका लागि आबेदन दिनु पर्नेछ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal