Skip to content
Prabhu

धितोपत्र बोर्डमा अध्यक्ष नहुँदा रोकियो करिब २८ अर्बको आईपीओ, ३५ कम्पनीको १७ करोड बढी कित्ता सेयर पाइपलाइनमा

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षको पद खाली नभएको भए अहिलेसम्म धेरै कम्पनीहरुले प्राथमिक सेयर (आईपीओ) जारी गरिसकेको हुने थिए । आईपीओ जारी गर्नेको पाइपलाइनमा धेरै कम्पनीहरुले बस्नुपर्ने थिएन् । लोमोसमयदेखि आईपीओ जारी नहुँदा अहिले बोर्डमा करिब २८ अर्ब रुपैयाँभन्दा बढीको आईपीओ पाइपलाइनमा रहेको छ ।

तर, २०८० साल भदौ देखिको आईपीओ जारी गर्ने अनुमतिका लागि आवेदन दिएका कम्पनीहरुको आईपीओ जारीका लागि अनुमति नपाउँदा २७ अर्ब ९३ करोड ४४ लाख ३७ हजार २३३ रुपैयाँ बराबरको आईपीओ पाइपलाइनमा रहेको छ । नेपाल धितोपत्र बोर्डका अनुसार अहिले १७ करोड ३ लाख ३४ हजार ४७ कित्ता सेयर पाइपलाइनमा रहेको छ । यो विभिन्न ३५ कम्पनीको आईपीओ हो ।

धितोपत्र बोर्डमा पूर्णकालीन अध्यक्ष नभएका कारणले यति धेरै मूल्यको आईपीओ पाइपलाइनमा रहेको हो । धितोपत्र बोर्डका तत्कालिन अध्यक्ष रमेशकुमार हमाल धितोपत्र बोर्डबाट गत पुस २० गते बिदा भएपछि अहिलेसम्म पूर्णकालीन अध्यक्ष पाउन सकेको छैन । त्यसपछि अर्थ मन्त्रालका प्रतिनिधिका रूपमा तीन जना व्यक्तिले अध्यक्षको जिम्मेवारी सम्मालिसकेका छन् । तर, पनि ३५ कम्पनीको आईपीओले स्वीकृति पाउन सकेको छैन ।

हमालले कार्यकाल सकेर बिदा भएपछि अर्थ मन्त्रालयका सहसचिव रितेश शाक्य, नरेन्द्रकुमार राना र महेश बरालले अध्यक्षको रूपमा बोर्डको नेतृत्व गरेका छन् । तर, उनीहरुले पाइपलाइनमा रहेको आईपीओको स्वीकृति दिने आँट गरेका छैनन् ।

अहिले बोर्डको अध्यक्षको जिम्मेवारीमा महेश बराल रहेका छन् । यसभन्दा अघि अध्यक्षको जिम्मेवारीमा बोर्ड पुगेका नरेन्द्र रानाले प्रिमियमा सेयर निष्कासन गर्न लागेको रिलायन्स स्पिनिङ मिल्सलाई आईपीओ निष्कासन गर्न अनुमति दिएका थिए । तर, त्यसमा बिबाद भएका कारण हाल रोकिएको छ । त्यसपछि अन्य कम्पनीलाई बोर्डले आईपीओ निष्कासन गर्न अनुमति दिएको छैन ।

लामो समयदेखि बोर्ड नेतृत्वविहीन हुँदा आईपीओ जारी गरेर तथा हकप्रद सेयर जारी गरेर पुँजी वृद्धि गर्ने योजनामा रहेका कम्पनीहरु मारमा परेका छन् । बोर्डमा विगत ९ महिनादेखि पूर्णकालीन अध्यक्ष छैनन् । बोर्डको पाइपलाइनमा रहेका कम्पनीमा अधिकांश जलविद्युत् कम्पनी छन् । पाइपलाइनमा रहेका कम्पनीमध्ये १८ वटा जलविद्युत कम्पनी छन् ।

पाइपलाइनमा रहेर प्रिमिय मूल्यमा सेयर निष्कासनको तयारीमा रहेका ४ कम्पनीमा हेम्स अस्पताल, सौर्य सिमेन्ट, मारुती सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्स र जगदम्बा स्टिल छन् ।

हेम्स अस्पतालले १०० रुपैयाँ अंकित मूल्यमा १८८ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २८८ रुपैयाँका दरले सेयर निष्कासन गर्न अनुमति मागेको छ । कम्पनी ३२ करोड ४० लाख रुपैयाँको ११ लाख २५ हजार कित्ता सेयर निष्कासनका लागि पाइपलाइनमा रहेको छ । यस्तै, सौर्य सिमेन्ट इन्डस्ट्रिजले अंकित मूल्यमा प्रतिकित्ता १६४ रुपैयाँ ५१ पैसा प्रिमियम थपेर प्रतिकित्ता २६४ रुपैयाँ ५१ पैसामा सेयर निष्कासनको तयारी गरेको छ ।

साथै, मारुती सिमेन्टले अंकित मूल्यमा प्रतिकित्ता २७७ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ३७७ रुपैयाँका दरले सेयर निष्कासनको तयारी गरेको छ भने जगदम्बा स्टिल्सले अंकित मूल्यमा २ सय रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ३०० रुपैयाँका दरले सेयर निष्कासन गर्ने तयारी गरेको छ ।

यस्तै रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिबाट सेयर निष्कासन गर्न अनुमति मागेको छ । संस्थागत लगानीकर्तालाई ४० प्रतिशत सेयर निष्कासन गरेको कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले सेयर निष्कासन गर्न लागेको छ ।

आईपीओ निष्कासनका लागि पाइपलाइनमा रहेका अन्य कम्पनीमा डिसहोम मिडिया नेटवर्क, याम्बलिङ जलविद्युत एपेक्स हस्पिटालिटी, एसवाई प्यानल, अर्चिड होल्डिङ्स, विकास हाइड्रोपावर, रिडि लाइन इनर्जी, लाफिङ बुद्ध पावर, अन्नपूर्ण केबलकार, अरुण इन्भेष्टमेन्ट कम्पनी, कालिन्चोक हाइड्रोपावर, स्वस्तिक लघुवित्त वित्तीय संस्था, हिम रिभर पावर, तल्लो एर्खुवा जलविद्युत, एकर्ड फर्मास्युटिकल्स, टे«ड टावर, कान्तिपुर टेलिभिजन नेटकर्व र आइएमई लिमिटेड आईपीओ निष्कासन गर्न बोर्डको पाइपलाइनमा छन् ।

त्यस्तै भुजुङ हाइड्रोपावर, सोलु हाइड्रोपावर, सान्वी इनर्जी, हिम स्टार उजाृ कम्पनी। रिचेत जलविद्युत कम्पनी, माबिलुङ उर्जा, टक्सार पिखुवा खोला हाइड्रो, बेनी जलविद्युत आयोजना र होटल फरेष्ट इन धितोपत्र बोर्डको अनुमनितको पतिक्षामा छन् ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal