Skip to content
Prabhu

मर्स्याङ्दी नदीमा खसेको बसबाट १४ जनाको शव निकालियो

काठमाडौं । भारतीय बस तनहुँको आँबुखैरैनीनजिकै ऐनापहराबाट मर्स्याङ्दी नदीमा खस्दा दर्जन बढीको ज्यान गएको छ ।

प्रहरीका अनुसार दुर्घटनास्थलबाट १४ वटा शव निकालिएको छ भने खोजी तथा उद्धार कार्य जारी छ। पोखराबाट काठमाडौं आइरहेको उक्त बस भारतको उत्तर प्रदेशमा दर्ता भएको देखिएको प्रहरीले जनाएको छ । उक्त बसमा झन्डै ४१ जना सवार रहेको अनुमान गरिएको छ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal