Skip to content
Prabhu

राष्ट्र बैंकद्वारा ५ रेमिट्यान्स कम्पनीको इजाजतपत्र खारेज

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ वटा रेमिट्यान्स कम्पनीको इजाजतपत्र खारेज गरेको छ । केन्द्रीय बैंकले आज सूचना जारी गरेर विभिन्न ५ कम्पनीको इजाजत स्वतः खारेज भएको जनाएको हो ।

नेपाल राष्ट्र बैंकले विप्रेषण विनियमावली, २०७९ को पहिलो संशोधनको विनियम १३ को उप विनियम (१०) को खण्ड (ङ) र सोही विनियमको उप विनियम (११) को खण्ड (क) र (ग) बमोजिम कम्पनीको इजाजत स्वतः खारेजग भएको जनाएको छ ।

स्वतः इजाजत खारेज हुने रेमिट्यान्स कम्पनीमा राम्रो रेमिट प्रालि लाजिम्पाट, ग्लोबल माउन्टेन रेमिट प्रालि गौशाला, संसार रेमिट प्रालि दरबारमार्ग, ललित मनि ट्रान्सफ प्राति न्यूरोड र माक्स मनि ट्रान्सफर प्रालि अनामनगर रहेका छन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal