Skip to content
Prabhu

ज्योति विकास बैंकका ग्राहकलाई ट्र्याङ्क्विलिटी स्पामा ३० प्रतिशत छुट

काठमाडौं । ज्योति विकास बैंकका ग्राहकले काठमाडौंको ट्र्याङ्क्विलिटी स्पामा ३० प्रतिशतसम्मको विशेष छूट पाउने भएका छन् । शुक्रबार ज्योति विकास बैंक र स्पाबीच छूट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौताअनुसार ज्योति विकास बैंकका ग्राहकले ट्र्याङ्क्विलिटी स्पाका देशभरका १७ वटै आउटलेटहरूमा हरेक सेवा तथा सुविधामा उक्त छुट पाउनेछन् । साथै ट्र्याङ्क्विलिटी वेलनेस कार्ड (टीडब्लूसी) धारक ग्राहकले ब्यूटी सैलून सेवाहरूमा ४० प्रतिशत छूट र स्पा, मसाज, स्टिम, साउना, जकुजी तथा अन्य सेवाहरूमा ६० प्रतिशतसम्मको विशेष छुट प्राप्त गर्ने बैंकले जनाएको छ ।

बैंकले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै देशका अन्य विभिन्न व्यवसायहरूसँग पनि निरन्तर सहकार्य गर्दै छूट सुविधा प्रदान गर्दै आइरहेको छ । ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal