Skip to content
Prabhu

सिटिजन्स बैंकको सुदूरपश्चिम प्रदेश कार्यालय र धनगढी शाखा आफ्नै भवनमा स्थानान्तरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले सुविधासम्पन्न आधुनिक धनगढी उपमहानगरपालिका–३ स्थित भवनबाट सुदूरपश्चिम प्रदेश कार्यालयका अलवा धनगढी शाखासमेत सञ्चालनमा ल्याएको छ ।

बैंकले हाल सुदूरपश्चिम प्रदेश, कैलाली जिल्ला, धनगढी उपमहानगरपालिका–४ मा सञ्चालनमा रहेको यस बैंकको धनगढी शाखा कार्यालय स्थानान्तरण भई आन्दाजी ८ सय मिटर दुरीमा रहेको आफ्नै भवनमा स्थानान्तरण गरेको हो ।

आफ्नै भवनबाट कारोबार सञ्चालन भएको अवसर पारी बैंकमा आज अयोजित एक कार्यक्रमका बीच बंैकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सुदूरपश्चिम स्थीत यस धनगढी उपमहानगरपालिकामा आफ्नै भवनबाट शाखा कार्यालय एवं प्रदेश कार्यालय सञ्चालन गर्न पाउनु बैंकको लागी एक कोशेढुङ्गा भएको बताए ।

सुदूरपश्चिम प्रदेश बैंकका लागि एक महत्त्वपूर्ण व्यवसायीक केन्द्र रहेको र आगामी दिनमा अझ उत्कृष्ट बैंकिङ सेवा सुविधाहरु लिएर आउने प्रतिबद्धतासमेत व्यक्त गरे । समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति थियो ।

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरु कैलाली, डडेलधुरा, बझाङ, अछाम, दार्चुला, कञ्चनपुर र बैतडीमा गरी यस बैंकले १० वटा शाखा कार्यालयमार्फत वित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ । सुविधासम्पन्न यी शाखाहरुमार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा मझौला व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य बैंकले राखेको छ । देशको सातै प्रदेशमा आफ्नै भवनबाट प्रदेश कार्यालयहरु सञ्चालन गर्ने योजनालाई साकार पारेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १ सय ९७ वटा शाखा, १ सय ६२ वटा एटिएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ एकाइहरुबाट बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal