Skip to content
Prabhu

सोमालियाले इथोपियन एयरलाइन्सका उडानमा प्रतिबन्ध लगाउने

एजेन्सी । सोमालियाले क्षेत्रीय विवादका कारण आफ्नो क्षेत्राधिकारभित्र इथियोपियन एयरलाइन्सका सबै उडानमा प्रतिबन्ध गर्ने चेतावनी दिएको छ ।

सोमाली नागरिक उड्डयन प्राधिकरणले अगष्ट २१ मा एयरलाइन्सले सोमाली सार्वभौमिकतासँग सम्बन्धित विषयमा स्पष्ट जवाफ नदिएपछि उक्त चेतावनी दिइएको जनाइएको छ ।

इथियोपियाले सन् २०२४ को जनवरीमा सोमालिल्याण्डको अलगाववादीसँग सम्झौता गरेपछि विवाद सुरु भएको थियो । इथियोपियाले ५० वर्षका लागि सोमालिल्याण्डको तटवर्ती २० किलोमिटर क्षेत्रमा पहुँच प्राप्त गरिसकेको छ । यसको बदला सोमालिल्याण्डलाई मान्यता दिएको थियो।

सोमालियाले यो सम्झौतालाई आफ्नो सार्वभौमिकताको प्रत्यक्ष उल्लङ्घनको रूपमा लिएको छ, जसले दुबै देशबीचको तनाव बढाएको छ ।

इथियोपियन एयरलाइन्सलाई यी मुद्दाहरू सम्बोधन गर्नको लागि अगस्ट २३ सम्मको म्याद दिइएको छ । अन्यथा सोमालियाका लागि सबै उडानहरू निलम्बन गरिनेछ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal