Skip to content
Prabhu

मानसरोवर कैलाश जाने राजमार्ग अवरुद्ध, २ हजारभन्दा बढी यात्रु केरुङमा रोकिए

रसुवा । वर्षाका कारण चीनतर्फको सडकमा क्षति हुँदा मानसरोवर कैलाश दर्शनका लागि जाने दर्शनार्थीहरू प्रभावित भएका छन् ।

रसुवाका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले रसुवागढीको मितेरिपुलबाट पाँच किलोमिटर उत्तर चिनियाँ भूभागअन्तर्गत केरुङ खोलामा आएको बाढीले राजमार्ग कटान गर्दा सवारी आवागमन बन्द भएको जानकारी दिए ।

यातायातका साधन बन्द भएपछि कैलाशबाट नेपाल फर्किन लागेका करिब २ हजारभन्दा बढी यात्रु केरुङमा र तीर्थ जाँदै गरेका एक सय यात्रु रसुवागढीमा रोकिएका छन् । उनीहरूको सहयोगार्थ नेपाल प्रहरी र सशस्त्र प्रहरी बल २० नं गुल्म रसुवाले समन्वय गरिरहेको प्रजिअ खनालले जानकारी दिए ।

राजधानी काठमाडौँदेखि केरुङसम्म करिब एक सय ७१ किमी दूरी रहेको बताइएको छ । चाँडो राजमार्ग खुलाई कैलाश दर्शनका लागि हिँडेका यात्रुलाई सहज पारिदिन केरुङ प्रशासकलाई अनुरोध गरिसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । टिमुरे क्षेत्रमा रोकिएका यात्रुहरूको सहयोगका लागि नेपाल प्रहरीले समन्वय गरिरहेको प्रहरी नायब उपरीक्षक केशव भट्टराईले जानकारी दिए।

मानसरोबर गएका तीर्थयात्रीहरू केरुङ सडक ठाउँ–ठाउँमा बाढीले सडक कटान गर्दा २ हजारभन्दा बढी यात्रु अलपत्र रहेको अल्पाइन कैलाशका प्रबन्धक निर्देशक प्रदीप पण्डितले लगानी न्युजलाई बताए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal