Skip to content
Prabhu

भौतिक कारबाहीभन्दा नगद जरिवानाको व्यवस्था गरौंः स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रि स्वतन्त्र पार्टीका उपसभापति तथा सांसद स्वर्णिम वाग्लेले बैंकिङ कसुर तथा सजायसम्बन्धी ऐन संशोधन गर्दा नगद कारबाहीलाई प्राथमिकता दिन सुझबा दिएका छन् ।

आइतबार संसदीय समितिअन्तर्गतको अर्थ समितिमा बैंकिङ कसुर तथा सजाय सम्बन्धी विधेयक (दोस्रो संशोधन) २०८० को दफावार छलफलमा बोल्दै वाग्लेले भौतिक कारबाहीभन्दा नगद कारबाहीमा केन्द्रित हुन सरकारलाई सुझाव दिएका हुन् ।

‘हाम्रोमा कसैले गल्ती गर्यो कि ठोकिहालौँ जेलमा कोचिहालौँ भन्ने मनस्थितिले काम गरेको देखिन्छ । तर, भौतिक कारबाही भन्दा नगद कारबाही ज्यादा प्रभावकारी हुन्छ’ वाग्लेले भने, ‘सहनै नसक्ने, अर्को पटक गल्ती नै गर्न आट नगर्ने गरी ठुलो परिणाममा नगद फाइनको व्यवस्था गरौँ न ।’ अन्तर्राष्ट्रिय बजारमा समेत आर्थिक कसुरमा भौतिक कारबाही भन्दा नगद कारबाही नै गराउने हुँदा नेपालले पनि यही प्रणालीको विकास गर्नुपर्ने उनले बताए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal