Skip to content
Prabhu

चाडपर्व नजिकिएसँगै ईभी गाडीको आयात बढ्यो

काठमाडौं । साउन महिनामा विद्युतीय गाडी (ईभी) आयात बढेको छ । ताडवर्प नजिकिएसँगै ईभीको आयातमा पनि वृद्धि भएको हो ।

दशैं, तिहारजस्ता चाडपर्व नजिकिँदै गर्दा ईभी तथा त्यसका उपकरणहरूको आयात बढेको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो महिना साउनमा अघिल्लो आवको सोही समयको भन्दा २ गुणाले बढेको देखिएको छ । विभागको तथ्यांक अनुसार साउन महिनामा ३८१ वटा विद्युतीय कार, जिप र भ्यान आयात भएका छन् । गत आवको सोही अवधिमा भने नेपालमा १०७ वटा विद्युतीय जिप, कार र भ्यान आयात भएका थिए ।

दशैं, तिहारलाई लक्ष्य गर्दै नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले भदौ ११ देखि काठमाडौंमा ‘नाडा अटो सो २०२४’ आयोजना गर्दैछ । सोका करण पनि इभीको आयात बढेको देखिन्छ । साउनमा ८९ करोड ७० लाख २० हजार रुपैयाँ बराबरको विद्युतीइ गाडी आयात भएका छन् भने गत आवमा ३४ करोड ६१ लाख रुपैयाँका यस्तो गाडी आयात भएका थिए ।

साउन महिनामा आयात भएका ईभीमध्ये २०२ वटा चीनबाट आयात भएका छन भने १७८ वटा भारत बाट आयात भएका छन् । त्यस्तै १ वटा इभी जर्मनीबाट पनि आयात भएको छ । आयात भएका प्यासेन्जर ईभीमध्ये १६१ ओटा ५० किलोवाटसम्मका, २१६ ओटा ५१ देखि १०० किलोवाटसम्मका, एउटा २०० किलोवाटको, दुईओटा २०१ देखि ३०० किलोवाटसम्मका र बाँकी एउटा ३०० किलोवाटभन्दा माथिको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal