Skip to content
Prabhu

दुई लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । साताको सेयर कारोबार हुने पहिलो दिन आइतबारको कारोबार जारी रहँदा दुई लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज दिउसो २ बजेसम्मको कारोबार समयमा विन नेपाल लघुवित्त र आत्मनिर्भर लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

यो अवस्थामा विन नेपाल लघुवित्तको सेयर मूल्य १५६ रुपैयाँ ६० पैसाले बढेर १ हजार ७२२ रुपैयाँ ९० पैसा पुगेको छ । जुन अघिल्लो कारोबार भन्दा १० प्रतिशतले बढी हो । त्यस्तै आत्मनिर्भर लघुवित्तको सेयर मूल्य पनि १० प्रतिशत अर्थात् ३११ रुपैयाँ १० पैसाले बढेर ३ हजार ४२२ रुपैयाँ १० पैसा पुगेको छ ।

यो समाचार तयार पार्दासम्म समग्र बजार परिसूच कभने घटेको छ । दिउसो २ बजेसम्मको अवधिमा नेप्से ४८ दशमलव २० अंकले घटेर २९२६ दशमलव २६ विन्दुमा पुगेको छ । जुन अघिल्लो कारोबारको भन्दा १.६२ प्रतिशत कम हो । यो समाचार तयारपर्दासम्म सेयर बजारमा १३ अर्ब ८६ करोड बढीको कारोबार भएको छ । यो अवस्थामा १७२ कम्पनीको सेयर मूल्य घटेको छ भने ७० कम्पनीको सेयर मूल्य मात्रै बढेको छ । त्यस्तै २ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal