Skip to content
Prabhu

सेयर बजार राताम्य, उच्च अंकको गिरावटसँगै परिसूचक २९ सय विन्दुभन्दा तल, कारोबार रकम १९ अर्ब बढी

काठमाडौं । सेयर कारोबार हुने साताको पहिलो दिन सेयर बजार राताम्य भएको छ । आइतबार दिनभरको उतारचढावबीच अन्त्यमा ७९ दशमलव ८८ अंकले घटेको हो । यो अघिल्लो कारोबार भन्दा २.६८ प्रतिशतले कम हो ।

आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २८९४ दशमलव ५७ विन्दुमा पुगेको हो । आज सेयर बजारमा अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ । आइतबार १८४ कम्पनीको सेयर मूल्य घटेको छ भने ६० कम्पनीको मात्रै बढेको छ ।

आइतबार सेयर बजारमा १९ अर्ब भन्दा बढीको कारोबार भएको छ । आज ३३३ कम्प्नीका ४ करोड २६ लाख ८६ हजार ६४० कित्ता सेयर २ लाख १८ हजार ५७८ पटक खरिद बिक्री हुँदा १९ अर्ब ७४ करोड ५ लाख ९३ हजार ८०० रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार अघिल्लो कारोबार भन्दा केही बढी हो । अघिल्लो कारोबार (बिहीबार) सेयर बजारमा १९ अर्ब १६ करोड बढीको कारोबार भएको थियो ।

त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १४ दशमलव ५२ अंकले घटेर ५१९ दशमलव ३४ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये १२ वटाको सेयर मूल्य घटेको छ । माइक्रोफाइनान्स उपसूचकको सेयर मूल्य मात्र बढेको छ ।

आजको कारोबार बन्द हुँदा तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal