Skip to content
Prabhu

सेयर बजार राताम्य हुँदा पनि तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । आइतबार सेयर बजार राताम्य हुँदा पनि तीनवटा कम्पनीको सेयर मूल्यमा भने १० प्रतिशतको वृद्धि भएको छ । आज सेयर बजार ७९ अंकले घटेको दिन विन नेपाल लघुवित्त, उपकार लघुवित्त र आत्मनिर्भर लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

आजको कारोबार बन्द हुँदा विन नेपाल लघुवित्तको सेयर मूल्य १५६ रुपैयाँ ६० पैसाले बढेर १ हजार ७२२ रुपैयाँ ९० पैसा पुगेको छ । त्यस्तै उपकार लघुवित्तको सेयर मूल्य २८८ रुपैयाँले बढेर ३ हजार १६८ रुपैयाँ पुगेको छ । त्यस्तै आत्मनिर्भर लघुवित्तको सेयर मूल्य ३३१ रुपैयाँ १० पैसाले बढेर ३ हजार ४२२ रुपैयाँ १० पैसामा कारोबार बन्द भएको छ ।

आज थ्रिस्टार हाइड्रोपावर लिमिटेडको सेयर मूल्य पनि ९.९४ प्रतिशत अर्थात् ९४ रुपैयााँले घटेर १ हजार ४० रुपैयाँमा कारोबार बन्द भएको छ । आज धेरै मूल्य बढ्ने शीर्ष पाँच कम्पनीमा धौलागिरी लघुवित्त रहेको छ । यो कम्पनीको सेयर मूल्य १०० रुपैयाँले बढेर १ हजार ३२९ रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ८.१४ प्रतिशतले बढी हो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal