Skip to content
Prabhu

दुई हाइड्रोपावर र तीन डिबेन्चरको सेयर मूल्यमा उच्च गिरावट

काठमाडौं । आइतबार सेयर बजार परिसूचक उच्च अंकले घटेर बन्द भयो । आजको कारोबार बन्द हुँदा सेयर बजारमा १८४ कम्पनीको सेयर मूल्य घट्यो । समग्रमा बजार परिसूचक ७९ अंकले घट्यो ।

उच्च अंकको गिरवाट आएको दिन बजारमा तीन डिबेन्चर र दुई लघुवित्तका सेयरधनीले धेरै गुमाएका छन् । आज सेयर बजारमा मन्दाकिनी हाइड्रोपावर र कुथेली बुखारी स्मल हाइड्रोपावर तथा केविएल डिबेन्चर २०८६, एसविएल डिबेन्चर २०८३ र एनबिबिएल डिबेन्चेरका सेयरधनीले सबैभन्दा धेरै गुमाएका छन् ।

आजको कारोबार बन्द हुँदा मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ९.९१ प्रतिशतले घटेको छ । यो कम्पनीको सेयर मूल्य ९६ रुपैयाँले घटेर ८७३ रुपैयाँमा कारोबार बन्द भएको छ । त्यस्तै आइतबार कुथेली बुखारी आइड्रोपावरको सेयर मूल्य १७० रुपैयाँले घटेर १ हजार ९७० रुपैयाँमा कारोबार बन्द भएको छ । यो अघिल्लो कारोबार भन्दा ७.९४ प्रतिशतले कम हो ।

त्यस्तै आज केबिएल डिबेन्चरको सेयर मूल्यमा १०२ रुपैयाँ ५० पैसाको गिरावट आएर १ हजार २५ रुपैयाँ ५० पैसा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ९.०९ प्रतिशतले कम हो । आइतबार एसविएल डिबेन्चरको सेयर मूल्य पनि ८३ रुपैयाँ ५० पैसाले घटेर १ हजार ३५ रुपैयाँ २० पैसामा कारोबार बन्द भएको छ । यो अघिल्लो कारोबार भन्दा ७.४६ प्रतिशतले कम हो । आज एनबिबिएल डिबेन्चरको सेयर मूल्य पनि ७.१९ प्रतिशत अर्थात ८१ रुपैयाँ ६० पैसाले घटेर १ हजार ५३ रुपैयाँमा कारोबार बन्द भएको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal