Skip to content
Prabhu

समस्या भएपछि मलेसियन एयरलाइन्सले उडान कटौती गर्ने

एजेन्सी । मलेसिया एयरलाइन्सले अस्थायी रूपमा २०२४ डिसेम्बरसम्म उडान संंख्या घटाउने निर्णय गरेको छ । आपूर्ति शृंखलामा आएको समस्या र प्राविधिक कारण उसले उडान संख्या कम गर्ने निर्णय गरेको हो । हालैका उडान ढिलाइ, रद्द तथा आपतकालीन अवतरणका कारण यस कदमलाई आवश्यक ठानिएको एयरलाइन्सले जनाएको छ ।

प्रभावित यात्रुहरूले आफ्नो उडान रद्दबारे जानकारी दिने ईमेल प्राप्त गर्ने कम्पनीको भनाइ छ । कम्पनीले अब ती यात्रुहरुका लागि नयाँ यात्रा तालिका पठाउने जनाएको छ ।

“यात्रुहरूले हाम्रो वेबसाइटको ‘माई बुकिङ’ सुविधा प्रयोग गरी वा लाइभ च्याटमा सम्पर्क गरेर तुरुन्तै आफ्नो बुकिङ परिवर्तन गर्न सक्नेछन्”, एयरलाइन्सले भनेको छ ।

मलेसिया एभियसन ग्रुपअन्तर्गतको कम्पनी र यसको सहायक बजेट एयरलाइन्स कम्पनीले हालै विभिन्न चुनौती भोगेको थियो । कम्पनीले यस वर्ष बोइङ ७३७–८ म्याक्स विमानको ढिलो डेलिभरीले पनि व्यवसायमा असर पुगेको छ ।

मलेसियाको डेली एक्सप्रेसका अनुसार, २२ अगस्टमा मदीना जान लागेको मलेसिया एयरलाइन्सको एक उडानलाई क्वालालम्पुर फिर्ता ल्याइएको थियो । जुन एक हप्तामा कम्पनीको तेस्रो यस्तो घटना थियो । समाचार संस्थाले अगस्टको सुरुमा र गत महिना भएका अन्य आपतकालीन अवतरणहरूको पनि रिपोर्ट गरेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal