Skip to content
Prabhu

डलरको मूल्य स्थिर हुँदा अन्य अधिकांश विदेशी मुद्राको भाउ बढ्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बै‌कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५३ पैसा कायम भएको छ । साथै यूरोपियन यूरो एकको खरिदर १४९ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५० रुपैयाँ ५६ पैसा कायम भएको छ ।

बेलायतको पाउण्ड स्ट्रलिङ एकको खरिददर १७६ रुपैयाँ ९६ पैसा छ भने बिक्रीदर १७७ रुपैयाँ ७५ पैसा छ । साथै स्वीस फ्रयाङ्क एकको खरिददर १५७ रुपैयाँ ९० पैसा र बिक्रीदर १५८ रुपैयाँ ६१ पैसा छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ९९ पैसा र बिक्रीदर ९१ रुपैयाँ ३९ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदर ९९ रुपैयाँ १५ पैसा र बिक्रीदर ९९ रुपैयाँ ५९ पैसा कायम छ । साथै सिंगापुर डलर एकको खरिददर १०२ रुपैयाँ ९५ पैसा र बिक्रीदर १०३ रुपैयाँ ४१ पैसा कायम छ ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ २८ पैसा र बिक्रीदर ९ रुपैयाँ ३२ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ८० पैसा र बिक्रीदर १८ रुपैयाँ ८८ पैसा, साउदी रियालको खरिददर ३५ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८५ पैसा कायम छ ।

त्यसैगरी कतारी रियालको एकको खरिदर ३६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८९ पैसा छ भने थाइ भाटको एकको खरिददर ३ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३ रुपैयाँ ९६ पैसा कायम छ ।

यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६३ पैसा, मलेसियन रिङगेट एकको खरिददर ३० रुपैयाँ ६१ पैसा र बिक्रीदर ३० रुपैयाँ ७५ पैसा , दक्षिण कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ११ पैसा र बिक्रीदर १० रुपैयाँ १६ पैसा छ । स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ १६ पैसा र बिक्रीदर १३ रुपैयाँ २२ पैसा कायम छ ।

डेनिर क्रोनर एकको खरिददर २० रुपैयाँ ०९ पैसा र बिक्रीदर २० रुपैयाँ १८ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १८ पैसा र बिक्रीदर १७ रुपैयाँ २६ कायम छ । कुवेती दिनारको एकको खरिददर ४३९ रुपैयाँ ५५ पैसा र बिक्रीदर ४४१ रुपैयाँ ५२ पैसा तथा बहराइन दिनार एकको खरिददर ३५५ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३५७ रुपैयाँ ०१ पैसा कायम छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal