Skip to content
Prabhu

एनआईसी एसिया बैंकले प्राप्त गर्यो बेस्ट इन डिजिटल बैंकिङ अवार्ड

काठमाडौं । एनआईसी एसिया बैंकले ‘बेस्ट इन डिजिटल बैंकिङ अवार्ड’ प्राप्त गरेको छ । दोस्रो आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्डअन्तर्गको सो अवार्ड बैंकले प्राप्त गरेको हो ।

‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीतिअनुरुप सम्पूर्ण बैंकिङ सेवाहरू क्रमिक रुपले डिजिटल माध्यममा रुपान्तरण गरिरहेको यस बैंकलाई प्राप्त उक्त पुरस्कारले ‘डिजिटल फस्ट बैंक’ मा अझ बढी उत्पे्ररणा प्रदान गरेको छ ।

इण्डियन चेम्बर अफ कमर्सको सेकेन्ड आईसीसी एसिया बैंक अवार्डअन्तर्गत २०२४ अगष्ट २३ मा भारतको नयाँ दिल्लीमा आयोजना गरिएको ‘बैंकिङ कनक्लेभ २०२४’ कार्यक्रममा यस बैंकलाई उक्त अवार्ड प्रदान गरिएको थियो ।

यस अवार्डमा विमस्टेक अन्तर्गतका राष्ट्रहरु नेपालसहित भारत, श्रीलंका, भुटान, म्यानमारलगायतका देशहरुका बैंकहरुले प्रतिस्पर्धा गरेका थिए । यी देशका बैंकहरुले विभिन्न आठ विधामा प्रतिस्पर्धा गरेका थिए ।

जसमा नेपालबाट यस बैंकले उक्त अवार्ड प्राप्त गर्न सफल भएको हो । यस अवार्डमा उत्कृष्ट बैंक छनौट गर्नका लागि इण्डियन च्याम्बर अफ कमर्स अन्तर्गतको आर्थिक मामिला तथा नीति विभागले विभिन्न १७ वटा सूचक निर्धारण गरेको थियो ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal