Skip to content
Prabhu

आइएमई लाइफको कामु सीईओमा दिनेश अमात्य नियुक्त

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको कामु प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा दिनेश अमात्य नियुक्त भएका छन् । कम्पनीको सीईओ कवि फुयाँलले पदबाट राजीनामा दिएपछि रिक्त स्थानमा अमात्यलाई कामु सीईओको जिम्मेवारी दिइएको हो ।

कम्पनीको आज बसेको सञ्चालक समितिको बैठकले अमात्यलाई कामु सीईओको जिम्मेवारी तोकेको हो । अमात्य वरिष्ठ डेपुटी सीईओका रूपमा कम्पनीमा कार्यरत रहेका थिए । नेपाली जीवन बीमा क्षेत्रमा ३० वर्षभन्दा लामो अनुभव भएका अमात्यले आजबाट कम्पनीको कामु सीईओको जिम्मेवारी सम्हालेका छन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal