Skip to content
Prabhu

नाडा अटो शोको तयारी पूरा

काठमाडौं । सवारी साधन प्रदर्शनको कुम्भ मेला ‘नाडा अटो शो २०२४’ को तयारी पूरा भएको छ । भदौ ११ गते (भोलि) देखि काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने प्रदर्शनीको सम्पूर्ण तयारी पूरा भएको हो ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले ‘नाडा अटो शो’ हरेक वर्ष आयोजना गर्दै आएको छ । ६ दिनसम्म चल्ने मेलाका लागि २४ वटा ब्रान्डका चारपांग्रे, १० ब्राण्डका दुईपांग्रे र १२ ब्रान्डका हल्का लाइट सवारी साधन प्रदर्शनीमा राखिने छ । अध्यक्ष करण चौधरीका अनुसार अटो शोमा ९५ वटा प्रदर्शक सहभागी हुने छन् ।

यसका लागि १३० वटा स्टलको व्यवस्था गरिएको छ । नाडा अटो शोमा लक्ष्मी सनराइज बैंक, महालक्ष्मी विकास बैंक, सानिमा बैंक, नबिल बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक र माछापुच्छ्रे बैंकले समेत सहभागी जनाउने भएको छ । बैंकले सवारी खरिद गर्ने ग्राहकका लागि सुविधा दिने तयारी गरेको हो ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal