Skip to content
Prabhu

१ महिनामा १ अर्ब बढीको सुन आयात

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना नेपाले १ अर्बभन्दा बढीको सुन आयता गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो महिना साउनमा नेपालले १ अर्ब ४ करोड २७ लाख बराबरको सुन आयात गरेको हो ।

यो अवधिमा १ लाख १०५ ग्राम सुन आयात भएको देखिएको छ । साउन महिनामा आयात र निर्यात दुवै घटेको छ । विभागको तथ्यांक अनुसार यो अवधिमा नेपालले २ लाख २५ हजार १६३ पिस स्मार्ट फोन आयात गरेको छ । साउन महिनामा नेपालले कुल १ खर्ब ४० अर्ब ६० करोड ३२ लाख बराबरको वैदेशिक व्यापार गर्दा १ खर्ब १६ अर्ब १५ करोडको घाटा व्यहोरेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आवको पहिलो महिनाको वैदेशिक व्यापारसम्बन्धी तथ्यांकअनुसार साउनमा नेपालले १ खर्ब २८ अर्ब ३७ करोड ७१ लाख बराबरको वस्तु आयात गर्दा १२ अर्ब २२ करोड ६१ लाखको मात्रै निर्यात गरेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal