Skip to content
Prabhu

सहकारी पीडितको बचत फिर्ता गर्न माग

nabil

काठमाडौं । सहकारी पीडितको बचत छिटो फिर्ता गर्न सरकारले पहल गर्नुपर्ने अभियानकर्मीले बताएका छन् । सहकारी वचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंभ)ले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बचतकर्ताले जम्मा गरेको पैसा फिर्ता नहुँदा उपचार गर्न कठिनाइ भएकाले यथासीघ्र बचत पाउनुपर्नेमा जोड दिएको हो ।

महासंघले तेस्रो चरणको आन्दोलन सुरु गरेको ९५ औँ दिनसम्म पनि सरकारले विगतका सहमति कार्यान्वयनमा कुनै चासो नदेखाएकाले सडकमा शान्तिपूर्ण प्रदर्शन गर्न बाध्य भएको जानकारी गराइएको थियो । महासंघका अध्यक्ष कुशलव केसीले १६ महिनादेखिको आन्दोलनका क्रममा चार जना पीडितहरूले ज्यान गुमाइसकेको बताए । सहकारी पीडितले आफ्नो बचत फिर्ता पाऊन् भनी तेस्रोपटकको आन्दोलन सुरू गरेको १०१ औंँ दिन पुग्ने अवसरमा भदौ १६ गतेदेखि शान्तिपूर्ण प्रदर्शन गरिने पनि उनले जानकारी दिए ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal