काठमाडौं । काठमाडौँको शङ्खमूलमा आफ्नै स्नुकर हाउस तथा खाजा घरको सोफामा घाइते अवस्थामा भेटिएका सञ्चालक रुपक बान्तवाको आज मृत्यु भएको छ । जिल्ला पहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीकानुसार काठमाडौँ महानगरपालिका–१० शङ्खमूलस्थित बागमती कोरिडोर सुकुम्वासी बस्तीमा रहेको ‘द टाइम पास स्नुकर एण्ड खाजा घरका सञ्चालक बान्तवाको मृत्यु भएको हो ।
अधिकारीकानुसार बान्तवा आज बिहान करिब २ बजेको समयमा खाजा घरको सोफामा घाइते अवस्थामा भेटिएका थिए । उक्त जानकारी प्राप्त हुने बित्तिकै घटनास्थल पुगेर प्रहरीले उद्धार गरी उपचारका लागि सिभिल अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाको सुक्ष्म अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्