Skip to content

मजखोरीमा सिँचाइ पोखरी निर्माणले किसान लाभान्वित

nabil bank

बझाङ । छविसपाथिभेरा गाउँपालिका–७ मजखोरीमा सिँचाइ पोखरी निर्माणले किसान लाभान्वित भएका छन् । यहाँ खेती गर्न आकासेपानीको भरपर्ने अवस्था हटेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बझाङको सहयोगमा निर्माण गरिएको पोखरीले मजखोरीका किसानलाई राहत भएको स्थानीय किट्टी धामीले बताए । उनले हाल आकासेपानीको भर पर्दा जमिन नै बाँझो राख्नुपर्ने अवस्था हटेको बताए ।

विगतमा करेसाबारीका लागि पनि पानी नहुँदा समस्या हुने गरेको स्मरण गर्नुहुँदै धामीले अचेल किसानका खेत बाँझो नरहने अवस्था निर्माण भइरहेको बताए । यहाँ छिमेकी गाउँ बुड्खोरीबाट ल्याइएको पानी ९६ हजार लिटर पानी अटाउने पोखरी निर्माण गरेर व्यवस्थापन गरिएको स्थानीय सुनिल मण्डेलले बताए । ‘यहाँ कृषि पेसा गर्ने ७७ परिवारले अब आकासेपानीको भरपर्ने अवस्था छैन । हिउँदेयाममा सबैको खेत बाँझै रहने, सामान्य तरकारी पनि फलाउन नसक्ने अवस्था भएपछि योजना माग गरेका थियौँ । कार्यान्वयन भएकामा निकै खुसी भएको छौँ’, उनले भने ।

मजखोरी सिँचाइ निर्माण उपभोक्ता समितिका अध्यक्ष सुवास मण्डेलले एक हजार पाँच सय मिटरको एक सय १० एमएमको मोटो पाइप, एक सय मिटर फलामे (जीआई) पाइप, १३ वटा इन्टेक निर्माण गरेर पानी वितरण गरेको जानकारी दिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime