Skip to content
Prabhu

व्यक्तिगत डाटा ट्रान्सफर गरेको भन्दै उबरलाई ४३ अर्ब जरिवाना

एजेन्सी । राइड–हेलिङ एप उबरलाई युरोपेली ड्राइभरहरूको व्यक्तिगत डेटा अमेरिकी सर्भरमा स्थानान्तरण गरेको आरोपमा २९० मिलियन यूरो अर्र्थात् ४३ अर्ब रुपैयाँभन्दा बढी  जरिवाना गरिएको छ । नेदरल्याण्ड्सको डेटा सुरक्षा नियामकले सोमबार उक्त जानकारी दिँदै इयूको नियम उल्लंघन भएको बताएको थियो ।
नेदरल्याण्ड्स डेटा सुरक्षा प्राधिकरण (डीपीए) उक्त डाटा स्थानान्तरण गम्भीर उल्लंघन भएको उल्लेख गर्दै यसले ड्राइभरहरूको जानकारीलाई उचितरूपमा सुरक्षा गर्न असफल भएको जिकिर गरेको थियो । उसका अनुसार आइडी कागजात, ट्याक्सी लाइसेन्स र स्थान डेटा जस्ता जानकारी दुई वर्षमा कम्पनीको अमेरिकी मुख्यालयमा स्थानान्तरण गरिएको थियो । “यो गलत निर्णय छ र जरिवाना पनि पूर्णरूपमा अन्यायपूर्ण छ”, उबरले भनेको छ ।
ईयू कानूनअन्तर्गत डेटा स्थानान्तरण अनुमति छ । तर थप अनुमति बिना स्थानान्तरण कहिले गर्न सकिन्छ भन्नेमा महत्वपूर्ण अनिश्चितता  रहेको समाचारहरुमा जनाइएको छ । एक सय ७० भन्दाबढी फ्रेन्च ड्राइभरहरूले फ्रान्सको मानव अधिकार समूहमा गुनासो गरेपछि फ्रान्सको डेटा सुरक्षा नियामकलाई उजुरी दिएको थियो । जीडीपीआर नियमहरू अन्तर्गत, यदि कुनै व्यवसायले धेरै युरोपेली देशहरूमा डेटा प्रक्रियामा राख्छ भने यसको मुख्य कार्यालय रहेको देशको डेटा सुरक्षा प्राधिकरणसँग व्यवहार गर्नुपर्छ । उबरको युरोपेली मुख्यालय नेदरल्याण्ड्समा छ ।
उबरलाई सन् २०१८ मा ६ लाख यूरो र गत वर्ष एक करोड यूरो जरिवाना गरिएको थियो । ईयूले ठूला प्रविधि फर्मका लागि हालसालै नियमहरू लागू गरेको छ । जसमा उल्लंघनको लागि ठूलो जरिवाना लगाएको छ ।
गत वर्ष आयरिश नियामकले उक्त नियमअन्तर्गत बालबालिकाको गोपनीयताको उल्लंघन गरेकोमा टिकटकलाई ३४५ मिलियन यूरो जरिवाना गरेको थियो ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal